उत्तर प्रदेशको सम्भलमा रहेका जामा मस्जिद र हरिहर मन्दिरको विवादमा इलाहाबाद उच्च अदालतले मुस्लिम पक्षको पुनरवलोकन याचिका खारेज गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार न्यायाधीश रोहित रञ्जन अग्रवालले मस्जिद समितिका वकिल, मन्दिरका तर्फबाट हरिशंकर जैन र एएसआईका वकिलको बहस सुनेपछि उक्त फैसला गरेका हुन्।
हिन्दु पक्षले हरिहर मन्दिरको क्षेत्र अतिक्रमण गरी जामा मस्जिद बनाइएको दाबी गर्दै १९ नोभेम्बर २०२४ मा अदालतमा मुद्दा हालेको थियो।
जसमा सम्भल अदालतले मस्जिदको एएसआई सर्वेक्षण गर्न आदेश दिएको थियो। जसलाई चुनौती दिँदै मस्जिद समितिले इलाहाबाद उच्च अदालतमा याचिका दायर गरेको थियो।
तर त्यसलाई उच्च अदालतले सोमबार खारेज गरेको हो। यसको अर्थ मस्जिदको सर्वेक्षण रोकिने छैन।
126
Shares

प्रतिक्रिया