चर्चित तथा विवादित बेलायती-अमेरिकी लेखक सलमान रुश्दीलाई आक्रमण गरेका हादी मतारलाई २५ वर्षको जेल सजाय सुनाइएको छ।
२७ वर्षीय हादी मतारलाई यस वर्षको सुरुमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर्याइएको थियो।
लेखक सलमान रुश्दीलाई अगस्ट २०२२ मा अमेरिकाको न्युयोर्कमा चक्कु हानिएको थियो। जसकाकारण उनले एउटा आँखाको दृष्टि गुमाए।
यो आक्रमण न्युयोर्कमा आयोजित एक कार्यक्रमको मञ्चमा गरिएको थियो।
रुश्दीको पुस्तक 'द सैटानिक भर्सेस' १९८८ मा प्रकाशन भएको थियो। यसपछि इरानले उनीविरुद्ध फतवा जारी गरेको थियो।
69
Shares

प्रतिक्रिया