ग्लोबल


युक्रेनसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने पुटिनको चाहना

युक्रेनसँग तत्काल प्रत्यक्ष वार्ता गर्ने पुटिनको चाहना

नेपालखबर
बैशाख २८, २०८२ आइतबार १०:५७, काठमाडौँ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष र तत्काल वार्ता सुरु गर्न चाहेको बताएका छन्। उनले यो कुराकानी मे १५ मा सुरु हुने बताएका छन्।

शनिबार अबेर राति टीभीमार्फत जनतालाई सम्बोधन गर्दै पुटिनले भने, 'हामी चाहन्छौँ- वार्ता गम्भीर होस् ताकि यस युद्धको जरासम्म पुग्न सकौँ र बलियो र दिगो शान्ति स्थापना गर्न सकौँ।'

शनिबार बेलायती प्रधानमन्त्री केयर स्टारमर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको भ्रमण गर्दा उनको भनाइ आएको हो।

यस भ्रमणका क्रममा दुवै नेताले रुससँग ३० दिनको निःसर्त युद्धविरामको माग गरेका थिए।

रुसी प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले यसबारे विचार गर्ने बताए, तर दबाब नदिन चेतावनी पनि दिए।

आफ्नो विज्ञप्तिमा, पुटिनले टर्कीको इस्तानबुल सहरमा गर्न चाहेको वार्ताले नयाँ युद्धविराम वा सम्झौतामा पुर्‍याउन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताएका छन्।

उनले आइतबार यस विषयमा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग विस्तृत रूपमा कुरा गर्ने उल्लेख गरेका छन्।

तर युक्रेनले अहिलेसम्म यस विषयमा कुनै जवाफ दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad