जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताएका छन्।
जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै उनले उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गरे।
‘महिलाको समानता विकासको आधार हो। उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार हो,’ यादवले भने, ‘यो इतिहासले प्रमाणित गरिसकेको छ। तर आज पनि महिलाहरुमाथि धेरै खालका विभेदहरु नेपाल लगायत विभिन्न मुलुकमा भइरहेका छन्। ती विभेदबिरुद्ध संसारभरका महिलाहरु, महिला संगठनहरुले संघर्ष गरिरहेका छन्। ती विभेदहरुमा एउटा ठूलो विभेद के हो भने लैङ्गिक असमानता हो।’
अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेस प्रदेश नै रहेको उल्लेख गरे।
18
Shares

प्रतिक्रिया