ग्लोबल


पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान

पानी रोक्न भारतले सिन्धु नदीमा संरचना बनायो भने हमला गर्छौं: पाकिस्तान

पृष्ठभूमिमा सिन्धु नदीमा इन्सेटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बायाँ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ


नेपालखबर
बैशाख २०, २०८२ शनिबार ८:४२, काठमाडौँ

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले सिन्धु जल सन्धि उल्लंघन गर्दै सिन्धु नदीमा कुनै संरचना बनायो भने हमला गर्ने चेतावनी दिएका छन्। 

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ

२२ अप्रिल (२०२५) मा भारत प्रशासित जम्मु-कश्मीरको पहलगाममा आतंककारीले हमला गरी २६ पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच मनमोटाव बढेको छ। पहलगाम आक्रमणमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै भारतले उसविरुद्ध गरेका दण्डात्मक विभिन्न निर्णयमध्ये जल सिन्धु सम्झौता निलम्बन पनि एक हो।

यसअन्तर्गत भारतले अब सिन्धु नदीको एक थोपा पानी पनि पाकिस्तान जान नदिने तयारी गरिरहेको चर्चाबीच पाकिस्तानी रक्षामन्त्री ख्वाजाले त्यसो गरिए आक्रमण गर्ने धम्की दिएका हुन्। 

सिन्धु नदी

पाकिस्तानी सञ्चारमाध्यम जिओ न्युजको कार्यक्रम ‘नयाँ पाकिस्तान’मा बोल्दै उनले भने, ’निश्चित रूपमा यदि कुनै पनि संरचना बनाउने प्रयास गरियो भने हामी त्यसविरुद्ध हमला गर्नेछौँ।’

सम्झौताविपरीत सिन्धु नदीमा कुनै संरचना निर्माण गरियो भने त्यो पाकिस्तानविरुद्ध भारतीय आक्रामता प्रकट हुने उनको भनाइ छ।

‘आक्रामकता केवल तोप र गोली चलाउनु होइन, यसका अनुहार अनेक हुन्छन्। तीमध्ये एउटा अनुहार (पानी रोक्न वा मोड्नु) पनि हो, जसले भोक र तीर्खाले मृत्यु हुन सक्छ’, उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad