रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३ दिनका लागि अस्थायी युद्धविराम घोषणा गरेका छन्।
रुसका अनुसार यो युद्धविराम मे ८ बिहानदेखि सुरु भई मे ११ सम्म जारी रहनेछ।
मानवीय कारणले र दोस्रो विश्वयुद्ध समाप्त भएको ८०औँ वार्षिकोत्सवका अवसरमा पुटिनले यो निर्णय लिएका हुन्।
हालसम्म युक्रेनले यस घोषणाप्रति कुनै प्रतिक्रिया जनाएको छैन।
रुसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रुस चाहन्छ- युक्रेनले पनि युद्धविराम पालना गरोस्। यदि युक्रेनले युद्धविराम तोड्यो भने रुसी सेनाले कडा प्रतिक्रिया दिनेछ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘रुसले युक्रेन संकटको मूल कारण हटाउन फेरि एकपटक बिनासर्त वार्ताका लागि तयार रहेको घोषणा गरेको छ। यसका लागि ऊ अन्तर्राष्ट्रिय साझेदारहरूसँग सकारात्मक वार्ता गर्न तयार छ।’
यसअघि रुसले इस्टरमा ३० घण्टाका लागि युद्धविराम घोषणा गरेको थियो। तर त्यतिबेला दुवै देशले एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाएका थिए।
Shares

प्रतिक्रिया