ग्लोबल


पहलगाम आक्रमणको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार

पहलगाम आक्रमणको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पाकिस्तान तयार

फाइल तस्बिर: पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
बैशाख १३, २०८२ शनिबार १२:५३, काठमाडौँ

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले जम्मु-कश्मीरको पहलगाममा भएको आक्रमणमा भारतले आधारहीन आरोप लगाएको गुनासो गरेका छन्।

भारतलाई आरोप लगाउने काम बन्द गर्न चेतावनी दिँदै उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि पाकिस्तान सबै सम्भव सहयोग प्रदान गर्न तयार रहेको पनि बताएका छन्। 

बीबीसी उर्दुका अनुसार शरिफले सेना सीमाको रक्षा गर्न तयार रहेको र यसमा कुनै गडबडी हुन नहुने बताएका छन्। 

उनले भनेका छन्, ‘शान्ति हाम्रो चाहना हो, तर यसलाई हाम्रो कमजोरी ठानिनु हुन्न।’

प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता राष्ट्रिय सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने बताए। 

यही अप्रिल २२ का दिन जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला गरी २६ जना पर्यटकको हत्या गरिएको थियो। जसमा एक नेपाली सुदीप न्यौपाने पनि परेका छन्। 

यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारी सीमा बन्द गर्नेलगायत पाकिस्तानविरुद्ध विभिन्न निर्णय गरेको छ।

जवाफमा पाकिस्तानले पनि भारतसँगको द्विपक्षीय सम्झौता निलम्बन, हवाई क्षेत्र तथा सीमा बन्दलगायत निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad