ग्लोबल


पाकिस्तानको स्पष्टीकरण: कश्मीर हमलामा हाम्रो कुनै सरोकार छैन

पाकिस्तानको स्पष्टीकरण: कश्मीर हमलामा हाम्रो कुनै सरोकार छैन

नेपालखबर
बैशाख १०, २०८२ बुधबार १२:४१, काठमाडौँ

पाकिस्तानले जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसो २:४५ बजे कश्मीरको पर्यटकी स्थल पहलगामको बैसरन उपत्यकामा आतंकवादी आक्रमण हुँदा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको छ। 

उक्त हमलाको जिम्मेवारी लश्कर-ए-तैयबाको संगठन टीआरएफले लिएको छ। यसले यसअघि पनि जम्मु–कश्मीरमा धेरैपटक आक्रमण गरिसकेको छ। अहिलेसम्मको अनुसन्धानले पहलगाम आतंकवादी हमलाको षड्यन्त्र पाकिस्तानको रावलकोटमा रचिएको खुलासा गरेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। 

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पहलगाम आक्रमणमा आफ्नो देशको कुनै सम्बन्ध नभएको बताएका हुन्।

उनले भनेका छन्, ‘यसमा हाम्रो कुनै सरोकार छैन। हामी हरेक किसिमका आतंकवादलाई हरेक स्थानमा अस्वीकार गर्छौं।’

पास्कितान सरकारले पनि विज्ञप्ति जारी गरी घटनाप्रति दुःख त व्यक्त गरेको छ तर जम्मु-कश्मीर भारतले अवैध रूपमा कब्जा गरेको आरोप पनि लगाएको छ।  

उसले विज्ञप्तिमा भनेको छ, ‘भारतले अवैध तरिकाले कब्जा गरेको जम्मु-कश्मीरको अनन्तनाग जिल्लामा भएको आक्रमणमा पर्यटकहरूको मृत्यु भएकामा हामी अत्यन्त दुःखी छौँ। हामी मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’

उक्त हमलामा एक नेपाली मारिएका छन् भने अर्का नेपाली घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad