जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा मारिएका नेपालीको ठेगाना खुलेको छ।
भारतीय सञ्चारमाध्यमले हमलामा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको उल्लेख गरेका छन्।
जसमा एक नेपाली पनि छन्।
परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार उनी रुपन्देहीको बुटवल-११, कालिकानगरका सुदीप न्यौपाने हुन्।
यस्तै हमलामा नेपालकी रेनु पाण्डे पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पाण्डे मृतक न्यौपानेकै आमा भएको परराष्ट्रमन्त्री राणाले बताएकी छन्।
काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका सुदिप न्यौपानेको निधन भएको खबरले निकै मर्माहत भएकी छु । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
साथै सो आतङ्ककारी हमलामा परेर घाइते…— Dr. Arzu Rana Deuba (@Arzuranadeuba) April 23, 2025
तर भारतीय सञ्चारमाध्यमले जारी गरेको सूचीमा पाण्डेको ठेगाना नेपाल मात्र लेखिएको छ।
पहलगाम आतंकी हमले में मृतकों और घायलों की पूरी लिस्ट #PehalgamTerroristAttack pic.twitter.com/1ZiKdOFZQU
— NBT Hindi News (@NavbharatTimes) April 23, 2025
Shares

प्रतिक्रिया