ग्लोबल


भारत भ्रमणमा आउँदै अमेरिकी उपराष्ट्रपति जेडी भान्स

भारत भ्रमणमा आउँदै अमेरिकी उपराष्ट्रपति जेडी भान्स

फाइल तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्स


नेपालखबर
बैशाख ४, २०८२ बिहिबार ११:३७, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनकी श्रीमती उषा भान्स अप्रिल २१ देखि चार दिनका लागि भारत भ्रमणमा आउने भएका छन्।

भारतीय विदेश मन्त्रालयका अनुसार भारत भ्रमणका क्रममा भान्सले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नेछन् र यस क्रममा द्विपक्षीय वार्ता हुनेछ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो उपराष्ट्रपति भान्सको भारतको पहिलो भ्रमण हुनेछ। यस भ्रमणका क्रममा उनले अप्रिल २१ मा प्रधानमन्त्री मोदीलाई भेट्नेछन्।’

यो भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सम्बन्धमा भएको प्रगति र प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणका क्रममा फेब्रुअरी १३ मा जारी भारत-अमेरिका संयुक्त वक्तव्यको नतिजा कार्यान्वयनको समीक्षा गर्ने अवसर प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 

यसैबीच अमेरिकी उपराष्ट्रपति भान्सको कार्यालयले पनि विज्ञप्ति जारी गरी उपराष्ट्रपति भान्स अप्रिल १८ देखि २४ सम्म इटाली र भारतको भ्रमणमा रहने बताएको छ।

जेडी भान्सको भ्रमण हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाहेक विश्वका अन्य देशलाई पारस्परिक भन्सारबाट ९० दिनका लागि छुट दिएका बेला हुन लागेको हो। 

यस्तो अवस्थामा जेडी भान्सको भारत भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad