कोरियाको जेचोन सिटीमा आगामी जुलाई १९ देखि ३० सम्म हुने २०औँ एसियन रोल्लर स्केटिङ प्रतियोगिताको लागि नेपाली टोलीको बन्द प्रशिक्षण भारतमा हुने भएको छ।
नेपालको तर्फबाट महिला राष्ट्रिय रोल्लर डर्बी टिम इन्डियाको पञ्जाबमा अप्रिल १८ देखि २८ सम्म १० दिने बन्द प्रशिक्षणमा सहभागी हुन भारत गएको हो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र कार्याकारी बोर्ड सदस्य कमल प्रसाद भट्टराई तथा नेपाल स्केट तथा स्केटिङ बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले ११ सदस्य टोलीलाई यही २ गते विदाइ गरेका थिए।
विगत ६ महिनादेखि नेपालमा तयारी गरिराखेको नेपाली महिला रोल्लर डर्बी टिम थप तयारीको लागि इन्डिया प्रस्थान गरेको संघका महासचिव सत्य थापाले जानकारी दिए।
यति एयरलाइन्सले बन्द प्रशिक्षणको क्रममा हुने हवाइ खर्चलाई सहजीकरण गरेको परिषद्ले जनाएको छ।
‘नेपालमा रोल्लर स्केटिङ खेल निकै सम्भावना बोकेको खेल भएकाले यसलाई एसियन च्याम्पियनशिपमा रोल्लर डर्बीको टिमले नेपाललाई मेडल दिलाउन सक्ने गरेर तयारी गरेका छौँ’, रोल्लर डर्बीका प्रमुख प्रशिक्षक दिलिप राज बरालले भने।
टोलीमा विकास लामा (अफिसियल), दिलिपराज बराल प्रशिक्षक र सञ्जु श्रेष्ठ व्यवस्थापकसहित खेलाडीहरु कृपा पन्त, प्रिसिका बोहरा, सिवानी रेग्मी, प्रसुन लामा, आयश्मा ठकुरी, निमिसा तामाङ, पासाङ यांग्जी शेर्पा र योगिना श्रेष्ठ सहभागी छन्।
Shares

प्रतिक्रिया