ग्लोबल


ट्रम्पको टिप्पणी: रुस-युक्रेन युद्ध मेरो होइन, बाइडेनको हो

ट्रम्पको टिप्पणी: रुस-युक्रेन युद्ध मेरो होइन, बाइडेनको हो

नेपालखबर
बैशाख १, २०८२ सोमबार २२:२५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्धका लागि पूर्वराष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘रुस र युक्रेनबीचको युद्ध मेरो होइन, बाइडेनको हो।’

उनले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको तर यो युद्ध अन्त्य गर्न र मृत्यु रोक्न काम गरिरहेको बताएका छन्।

ट्रम्पले लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्की र विश्वासघाती बाइडेनले यो युद्ध सुरु गर्न धेरै नराम्रो भूमिका खेले, यसलाई सुरु हुनबाट रोक्न धेरै तरिका थिए। तर यो अब भइसकेको छ। अब हामीले यो युद्ध रोक्नुपर्छ र यसलाई छिटो रोक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad