चीनले फेरि अमेरिकाबाट आयात हुने वस्तुमा कर बढाएको छ।
यसअघि बुधबार अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरेको चीनले बढाएर १२५ प्रतिशत पुर्याएको हो।
बीबीसीका अनुसार चीनले लगाएको नयाँ भन्सार दर शनिबारदेखि लागू हुनेछ।
अमेरिकाले चिनियाँ सामान आयातमा शुल्क बढाउँदै बढाउँदै १४५ प्रतिशत पुर्याइसकेको छ।
यसैबीच चीनका राष्ट्रपति सी चिनफिङ अर्को हप्ता भियतनाम, मलेसिया र कम्बोडिया भ्रमणमा निस्किँदै छन्।
540
Shares

प्रतिक्रिया