दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा पनि नहुने भएको छ। शुक्रबार प्रतियोगिताको तयारी विषयमा निर्णय गर्न बोलाइएको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकमा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता नहुने बताएका हुन्।
दसौँ राष्ट्रिय आगामी जेठ ३-१० गतेसम्म कर्णाली प्रदेशमा गर्ने तयारी थियो। २०७९ मा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भएको थियो भने १०औं खेलकुद २०८१ मा असोजमा कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो।
असोजका लागि तयारी नपुगेको भन्दै यही चैत २३ गतेदेखि ३० सम्मका लागि तय गरिएको थियो। उक्त समयमा पनि तयारी नपुगेको भन्दै जेठका लागि नयाँ मिति तोकियो। तर अहिले तेस्रोपटक तोकिएको मितिमा पनि खेल नहुने भएको हो।
147
Shares

प्रतिक्रिया