ग्लोबल


अमेरिकाबाट भारत ल्याइएपछि मुम्बई हमलाका योजनाकार तहव्वुर राणाको पहिलो तस्बिर

अमेरिकाबाट भारत ल्याइएपछि मुम्बई हमलाका योजनाकार तहव्वुर राणाको पहिलो तस्बिर

नेपालखबर
चैत २९, २०८१ शुक्रबार ६:६, काठमाडौँ

सन् २००८ मा गरिएको २६/११ मुम्बई आक्रमणका मास्टरमाइन्ड तहव्वुर राणा अमेरिकाबाट भारत ल्याइएपछि राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उनको पहिलो तस्बिर सार्वजनिक गरेको छ।

एनआईएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत तहव्वुर राणालाई नयाँ दिल्लीको आईजीआई आइपुगेपछि औपचारिक रूपमा पक्राउ गरेको जानकारी दिएको छ। 

२६/११ को मुम्बई हमलाका मास्टरमाइन्ड राणालाई अमेरिकाबाट बिहीबार भारत ल्याइपुर्‍याइएको हो। 

पाकिस्तानी मूलका क्यानेडियन नागरिक राणा यतिन्जेल अमेरिकी जेलमा थिए।

अमेरिकामा तहव्वुर राणालाई २०१३ मा उनका साथी डेभिड कोलम्यान हेडलीसँगै मुम्बई हमला र डेनमार्कमा आक्रमणको योजना बनाएकामा दोषी ठहर्‍याइएको थियो।

भारतले राणाको सुपुर्दगीका लागि लामो समयदेखि अमेरिकासँग माग गरिरहेको थियो।

तहव्वुर राणालाई एफबीआईले अक्टोबर २००९ मा अमेरिकाको शिकागोमा पक्राउ गरेको थियो।

उनलाई मुम्बई र कोपेनहेगनमा २६/११ को आतंकवादी हमला गर्न आवश्यक सामग्री उपलब्ध गराएको मुद्दा लागेको थियो। 

मुम्बई आक्रमणका मास्टरमाइन्ड रिचर्ड हेडलीको बयानका आधारमा तहव्वुर राणालाई १४ वर्षको जेल सजाय सुनाइएको थियो।

२६ नोभेम्बर २००८ मा आतंकवादी संगठन लश्कर-ए-तैयबाका १० आतंककारीहरूले मुम्बईमा चार दिनसम्म आक्रमण गरेका थिए। जसमा ९ आक्रमणकारीसहित १७५ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad