ग्लोबल


युद्ध हाँक्ने क्षमता नभएको भन्दै युक्रेनी सेना प्रमुखलाई हटाउन पूर्वकमान्डरको आग्रह

युद्ध हाँक्ने क्षमता नभएको भन्दै युक्रेनी सेना प्रमुखलाई हटाउन पूर्वकमान्डरको आग्रह

नेपालखबर
चैत २७, २०८१ बुधबार १८:५६,

युक्रेनी सेनाका एकजना पूर्वकमान्डरले हालका सेनापति जर्नेल अलेक्सान्द्र सिर्स्कीसँग रणनीतिक सोच नरहेको भन्दै उनलाई पदबाट हटाउन आह्वान गरेका छन्। 

सिर्स्कीले सेनामा ‘माइक्रो म्यानेजमेन्ट’ गरेको र सैनिकहरूले मान्नै नसक्ने आदेश दिने गरेको युक्रेन युद्धका क्रममा विवादित अजोव ब्रिगेडको चिफ अफ स्टाफ रहिसकेका र गत फेब्रुअरीमा सेना छाडेका बोहदान क्रोतेभिचको आरोप छ।

‘मैले सेनाको शीर्ष कमान्डबाट त्यस्ता आदेशहरू पाउन थालेँ, जुन आदेश झनझन् आपराधिकजस्ता थिए। त्यसलाई मैले पूरा गर्न र मान्न सक्दिन थिएँ,’ उनको भनाइ द गार्डियनले उधृत गरेको छ।

मारिओपोलमा रुसी कब्जामा परेका ३२ वर्षीय क्रोतेभिच युद्धबन्दी सट्टापट्टा गर्दा छुटेका थिए। त्यसपछि मोर्चामा फर्केका उनले सेनाको आलोचना गर्न थालेका थिए। जर्नेलहरूले सैनिकको ज्यान जोखिममा पारेको उनको आरोप छ।

‘उच्च कमान्डले सैनिकहरूको आफ्नो पालो सकिएपछि उनीहरूलाई पछाडि गएर आराम गर्न दिएन। उनीहरू मोर्चाबाट ५० मिटरनजिक आराम गर्नुपर्‍यो,’ उनले भनेका छन्, ‘उनीहरूको मानसिकता अझै दोस्रो विश्वयुद्धको लडाइँ लड्दाको जस्तो छ।’

बोहदान क्रोतेभिच

त्यसैले सिर्स्की पदबाट हट्नै पर्ने उनको भनाइ छ। सिर्स्की फेब्रुअरी २०२४ देखि युक्रेनी सेनाको प्रमुख छन्।

‘सिर्स्कीले प्रविधि र युद्धकला लागू गर्ने कोसिस गरिरहेका छैनन्। उनको दुइटा काम मात्र छ– शत्रुले आक्रमण गर्दै छ भने थप मान्छे पठाउने। अनि जब शत्रु हार्न थाल्छ, तब आफ्ना जवानको ज्यान जोगाउन भन्दै पछि हटाउने,’ उनी भन्छन्।

२०२४ यता युक्रेनले निरन्तर भूमि गुमाउँदै गएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad