नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
मत परिणामअनुसार, विजयप्रसाद मिश्र नेतृत्वको प्यानलको जित निश्चित भएको छ। यद्यपि, अन्तिम नतिजा भने बिहीबार घोषणा गरिनेछ।
हालसम्मको मत परिणाम अनुसार, ७ हजारभन्दा बढी मत गनिसक्दा मिश्रले ४ हजार ८९२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रमनकुमार श्रेष्ठले २ हजार २२९ मत पाएका छन्।
मिश्रले श्रेष्ठलाई २ हजार ६६३ मतको अन्तरले पछि पारेका छन्।
यस्तै महासचिवमा पनि मिश्र प्यानलकै केदारप्रसाद कोइरालाले ४ हजार ७०४ मत पाएका छन् भने श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले २ हजार २९ मत पाएका छन्।
कोइरालाभन्दा न्यौपाने २ हजार ७५ मतले पछाडि छन्।
अब ललितपुर जिल्ला अदालत बार एसोसिएनको मतपेटिका मात्र खोल्न बाँकी छ। ललितपुरका ५६० मत गन्न बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ।
गन्न बाँकी मतभन्दा उम्मेदवारबीचको अन्तर बढी भएकाले मिश्र–कोइराला प्यानलको जित निश्चित भएको हो।
मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरूको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार हुन्। श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपानिकट कानुन व्यवसायीको प्यानलका हुन्।
अन्य पदमा पनि मिश्र नेतृत्वकै प्यानल अगाडि छ।
मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठको जित पक्का भएको छ।
यस्तै कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित हुने भएका छन्।
विभिन्न समावेशी सदस्यहरूमा चिरञ्जीवी तिल्क्यानी, सूर्यकुमार यादव, रिंकुकुमारी यादव, राजकुमार श्रेष्ठ, मंगलसुन्दर शिल्पकार, इन्दिरा आचार्य, रञ्जिता कार्की, किरण पौडेलले स्थान सुरक्षित गरेका छन्।
खुला सदस्यमा किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनालीले फराकिलो अग्रतासहित विजय निश्चित गरेका छन्।
यी सबै मिश्र प्यानलका हुन्।
कसको मत कति?

Shares

प्रतिक्रिया