ग्लोबल


एमए बेबी बने भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) काे नयाँ महासचिव

एमए बेबी बने भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) काे नयाँ महासचिव

एम.ए. बेबी


नेपालखबर
चैत २४, २०८१ आइतबार २०:५०, काठमाडौँ

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) अर्थात् सीपीआईएमको महासचिवमा केरलाका नेता एम.ए. बेबी निर्वाचित भएका छन्।

गत वर्ष सीताराम येचुरीको निधनपछि सीपीआईएम महासचिवको पद खाली थियो।

यही अप्रिल २ मा सुरु भएको सीपीआईएमको २४औँ सम्मेलनमा भएको निर्वाचनबाट बेबी महासचिव चुनिएका हुन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार निर्वाचनले सीपीआईएमको ८५ सदस्यीय केन्द्रीय समितिले ८४ जना चयन गरेको छ। अब एउटा पद खाली छ। 

पार्टीले केन्द्रीय समितिका २० प्रतिशत सदस्य महिला रहेको बताएको छ।

साथै नवनिर्वाचित केन्द्रीय समितिले १८ सदस्यीय पोलिटब्युरो समिति पनि चयन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad