ग्लोबल


हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान

‘इजरायली सेनाले गाजामा आक्रमण विस्तार गर्ने, ठूला क्षेत्र कब्जा गर्ने’
हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान

इजरायली रक्षामन्त्री इजरायल काट्ज


नेपालखबर
चैत २०, २०८१ बुधबार १४:३४, काठमाडौँ

इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले गाजामा आफ्नो कारबाही विस्तार गर्ने र ‘ठूला क्षेत्रहरू’ कब्जा गर्ने बताएका छन्।

बुधबार उनले यसको उद्देश्य ‘आतंकप्रभावित क्षेत्र सफा गर्नु’ रहेको उल्लेख गरेका छन्। 

काट्जले कब्जा गरिएका क्षेत्रहरूलाई इजरायली सुरक्षा क्षेत्रमा एकीकृत गर्न पनि आह्वान गरेका छन्।

यसका लागि काट्जले प्यालेस्टिनीहरूलाई ठूलो मात्रामा क्षेत्रबाट बाहिर निकाल्नु पर्ने आवश्यकतामा जोड दिँदै हमासलाई समाप्त पार्न मानिसहरूलाई अपिल गरेका छन्। 

उनले इजरायली बन्धक रिहाइका लागि आग्रह गर्दै यो नै युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताए। 

इजरायली सेनाले राति रफाहमा स्थलगत कारबाही सुरु गरेको रिपोर्ट आएको छ।

५९ जना इजरायली बन्धक रिहा गर्ने र शान्ति सम्झौता अगाडि बढाउने नयाँ अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेको आरोप लगाउँदै इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी गरिरहेको छ। 

उता हमासले चाहिँ इजरायलले जनवरीमा भएको शान्ति सम्झौता तोडेको आरोप लगाएको छ।

इजरायलले मार्च २ मा गाजामा सहायता आपूर्ति बन्द गरेपछि अवस्था झनै बिग्रिएको छ।

गत महिना आठ प्यालेस्टिनी स्वास्थ्यकर्मी, छ नागरिक रक्षा कर्मचारी र एक संयुक्त राष्ट्र संघ कर्मचारीको मृत्युपछि संयुक्त राष्ट्र संघले गाजामा आफ्नो गतिविधिमा कटौतीको घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad