राजनीति


पूर्वराजामा संवेदनशीलता देखिएन: विश्वप्रकाश शर्मा

पूर्वराजामा संवेदनशीलता देखिएन: विश्वप्रकाश शर्मा

नेपालखबर
चैत २०, २०८१ बुधबार १४:४४, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन्।  

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उनको संलग्नता रहेको बताएका हुन्। 

‘फागुन ७ मा अपिल गर्नु भएका पूर्वराजाको तीनकुने घटनामा कुनै संलग्नता देखिँदैन? छैन र? उहाँलाई दुख्नु पर्दैन र? उहाँको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन?,' उनले भने, 'राज्यको सम्पति तोडफोड हुँदा गम्भीर गल्ति भएको महशुस भएको छ भनेर बोल्नु पर्दैन र? संवेदनशीलता नै देखिएन नि। राजालाई राजगद्धिमा ल्याउने हो भने उहाँ मरेपछि को बस्ने, छोरा, नाति, पनाति। के यो देश पुरुषहरूको मात्रै हो र? गणतन्त्रले त दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ नि।'

उनले सरकार, नेताप्रति असन्तुष्ट भएको स्वीकार्दै यसलाई सुधार गर्नुपर्ने बताए। 'नेताप्रति असन्तुष्टि छ, सरकारप्रति असन्तुष्टि छ। सुधार गर्नुपर्छ,' उनले भने, '०८४को निर्वाचनपछि हामी पार्टीकै नेतृत्व परिवर्तन गर्छौं भनिराखेका छौं नि तर राजगद्धिमा बसेको राजालाई त परिवर्तन गर्न सकिँदैन नि।’ 

तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad