ग्लोबल


कुर्स्कमा युक्रेनको पकड कमजोर, ग्यास पाइपबाट निस्केर रुसी सैनिकले गरे हमला

कुर्स्कमा युक्रेनको पकड कमजोर, ग्यास पाइपबाट निस्केर रुसी सैनिकले गरे हमला

नेपालखबर
फागुन २५, २०८१ आइतबार १८:५३,

कुर्स्क क्षेत्रमा रुसी सेनाले युक्रेनी सैनिकहरूमाथि आक्रमण तीव्र पारेको छ। यसबाट युक्रेनी सेना पछि हट्न थालेको र कुर्स्कमा उसको नियन्त्रण गुम्दै गएको बताइएको छ।

गत अगस्टमा युक्रेनले सीमा पार गरेर अचानक कुर्स्कमा करिब १ हजार वर्गकिमि क्षेत्रफल कब्जा गरेको थियो। सो भूमिलाई युक्रेनले लेनदेनका क्रममा उपयोग गर्ने तयारी गरेको थियो।

तर, कुर्स्कको नियन्त्रण गुमाउँदै जाँदा सौदामा युक्रेनको हात तल पर्ने विश्लेषण हुन थालेको छ।

कुर्स्कमा युक्रेनी सेनाको पकड कमजोर पार्न रुसी सैनिकहरूले युरोपसँग जोडिएको ग्यास पाइपलाइनको प्रयोग गरेको बताइएको छ। ग्यास बन्द भएपछि खाली रहेको पाइपबाट रुसी सैनिकहरू अचानक युक्रेनी सैनिकहरूको पछाडि निस्किएका थिए।

रुसी सैनिकहरूले पाइपभित्र कयौँ दिन बिताएको बताइएको छ। उनीहरूले पाइपभित्र १५ किलोमिटर यात्रा तय गरेका थिए।

युक्रेनी सेनाले भने सो आक्रमणलाई असफल पारिएको दाबी गरेको छ।

अहिले सुद्जा नामक गाउँमा भीषण लडाइँ भइरहेको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad