ग्लोबल


अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोक्नुअघि नेटोसँग सल्लाह नै गरेन: पोल्यान्ड

जेलेन्स्कीको पार्टीका सांसद भन्छन्: अमेरिकी सहयोगबिना युक्रेनले आफ्नो सुरक्षा गर्न सक्दैन
अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोक्नुअघि नेटोसँग सल्लाह नै गरेन: पोल्यान्ड

फाइल तस्बिर: ट्रम्प र जेलेन्स्की


नेपालखबर
फागुन २०, २०८१ मंगलबार १९:३६, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सैन्य सहयोग रोक्ने निर्णय गरेकोप्रति नेटो सदस्य देश पोल्यान्डले असन्तुष्टि जनाएको छ। 

पोल्यान्डको विदेश मन्त्रालयका प्रवक्ता पावेल व्रोन्स्कीले पत्रकारहरूलाई अमेरिकाले आफ्नै नेतृत्वमा रहेको सैन्य संगठन नेटोसँग सल्लाह नै नगरी उक्त निर्णय गरेको बताएका हुन्। 

उनले भने, ‘यो निर्णय धेरै महत्त्वपूर्ण छ र अवस्था धेरै गम्भीर छ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन्।

यस विषयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पार्टीका सांसद ओलेक्जान्डर मेरेज्कोले बीबीसीसँग भनेका छन्, ‘यो रुसको पक्षमा रहेको जस्तो देखिन्छ। यो विनाशकारी छ। अमेरिकी सहयोगबिना युक्रेनले प्रभावकारी रूपमा आफ्नो सुरक्षा गर्न सक्दैन।’

गत शुक्रबार (फागुन १६ गते) युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको कार्यालयमा डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग चर्काचर्की गरेको ४ दिनपछि अमेरिकाले सैन्य सहयोग रोकेको घोषणा गरेको हो।

सन् १९४९ मा स्थापना भएको नेटो अर्थात् उत्तर एट्लान्टिक सन्धि संगठनमा हाल अमेरिका, यूके, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन र टर्कीसहित युरोप र उत्तर अमेरिकाका गरी ३२ राष्ट्र सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad