ग्लोबल


अमेरिकाले रोक्यो युक्रेनलाई दिइरहेको सैन्य सहयोग

अमेरिकाले रोक्यो युक्रेनलाई दिइरहेको सैन्य सहयोग

यही फागुन १६ गते ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्प बाझाबाझ गर्दा।


नेपालखबर
फागुन २०, २०८१ मंगलबार ११:४१, काठमाडौँ

अमेरिकाले युक्रेनलाई दिइरहेको सैन्य सहयोग रोकेको छ। 

सीबीएस न्युजका अनुसार ह्वाइट हाउसका एक अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिने गरिएको सैन्य सहयोग रोकेको पुष्टि गरेका हुन्। 

ती अधिकारीले भने, ‘हामी हाम्रो सहयोग रोकिरहेका छौँ र यसले समस्या समाधान गर्न मद्दत गरिरहेको छ भनी सुनिश्चित गर्न समीक्षा गरिरहेका छौँ।’

यसअघि सोमबार ट्रम्पले जेलेन्स्कीको विद्रोही मनोवृत्तिलाई लामो समयसम्म सहन नसक्ने चेतावनी दिएका थिए। साथै उनले युक्रेनी नेता अमेरिकी समर्थनका लागि अझ बढी कृतज्ञ हुनुपर्ने पनि बताएका थिए।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘रुससँग युद्धविराम सम्झौताबिना जेलेन्स्की लामो समयसम्म सत्तामा रहन सक्ने छैनन्।’

त्यसबेला युक्रेनलाई सैन्य सहायता रोक्ने हो भनेर पत्रकारले गरेको प्रश्नमा भने ट्रम्पले भनेका थिए, ‘हामीले यसबारे कुरा गरिसकेका छैनौँ। हेरौँ के हुन्छ?’

अमेरिकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग गत शुक्रबार (फागुन १६ गते)  चर्काचर्की गरेको केही दिनपछि युक्रेनलाई सैन्य सहयोग रोकेको हो। 

तीन वर्षअघि रुसले युक्रेनमा युद्ध सुरु गरेदेखि अमेरिका युक्रेनलाई हतियार उपलब्ध गराउने सबैभन्दा ठूलो देश बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad