समाज


काठमाडौँमा क्रिप्टो कारोबारीलाई लुटपाट गरेको आरोपमा तीन प्रहरीसहित ६ जना पक्राउ

काठमाडौँमा क्रिप्टो कारोबारीलाई लुटपाट गरेको आरोपमा तीन प्रहरीसहित ६ जना पक्राउ

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १९:४०, काठमाडौँ

अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारीलाई लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक जना सहस्त्र प्रहरीका सहायक हवल्दार, नेपाल प्रहरीका सहायक हवल्दार र प्रहरी जवान समेत रहेका छन्।

प्युठान गौमुखी गाउँपालिका ४ बस्ने ३६ वर्षका सशस्त्र प्रहरीका सहायक कवल्दार राजेन्द्र बहादुर केसी, बाँके बैजनाथ गाउँपालिका ७ बस्ने प्रहरी सहायक हवल्दार ३५ वर्षका खगेन्द्र मल्ल ठकुरी र खोटाङको रावावेसि गाउँपालिका ४ घर भई नेपाल प्रहरीका जवान २४ वर्षका हिरा मंग्राती पनि पक्राउ परेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशन गुरुङले एक अर्व ८७ करोड ७ लाख १३ हजार १६२ रुपैयाँको क्रिप्टोको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ।

उनलाई क्रिप्टो सम्बन्धी कसुर अन्तर्गत ५ दिन नै म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

यस्तै, पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका २४ बस्ने २४ वर्षका कपिल बस्नेत, दोलखा रातमाटे गाउँपालिका घर भई हाल सुनसरी ईटहरी नगरपालिका ६ बस्ने ३१ वर्षका संजोक तामाङ र मोरङ वेलवारी घर भई हाल विराटनगर ३ बस्ने २० वर्षका मनिस कुमार राय रहेका छन्।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ। क्रिप्टो कारोबारीका आरोपी गुरुङको साथबाट २ लाख ५९ हजार बरामद गरेको छ।

सोमबार काठमाडौँ महानगरपालिका ३ तिलिङ्गेटारमा क्रिप्टोको कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोली खटिएको थियो।

टोलीले धादिङ, खनियावास गाउँपालिका ४ स्थायी घर भई हाल टोखा नगरपालिका ८ ग्रिनल्याण्ड मिलनटोल बस्ने २६ वर्षका रोशन गुरुङलाई सुरुमा नियन्त्रणमा लिएको थियो।

उनलाई सोधपुछ गर्दा आफ्नो साथमा रहेको नगद १४ लाख रुपैयाँ प्रहरीको परिचयपत्र तथा हतकडी समेत देखाई परिबन्धमा पारी लुटेर लगेको बताएका काठमाडौँ प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले बताए।

थप अनुसन्धान गर्दै जाँदा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जना समेतको मिलेमतो देखिएको बोहराले बताएका छन्।

तीन प्रहरीसहित ६ जनालाई पनि पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad