क्यानडाको अन्टारियो प्रान्तले अमेरिकामा ऊर्जाआपूर्ति रोक्ने धम्की दिएको छ। अन्टारियोका सरकार प्रमुख डग फोर्डले सोमबार ट्रम्पले क्यानडेली सामानमा लगाएको २५ प्रतिशत भन्सार महसुल अघि बढाए आपूर्ति रोक्ने बताएका हुन्।
ट्रम्पले मंगलबारदेखि लागू हुनेगरी क्यानडा, मेक्सिको र चीनमा भन्सार महसुल लगाएका छन्।
जवाफमा क्यानडा र चीनले पनि भन्सार महसुल लगाएका छन्। यसले व्यापार युद्धको त्रास बढेको छ।
अमेरिकाले उर्जाबाहेकका क्यानडेली सामानमा २५ प्रतिशत र ऊर्जाक्षेत्रमा १० प्रतिशत भन्सार लगाएको छ।
अमेरिकाले आयात गर्ने उर्जाको सबैभन्दा ठूलो स्रोत क्यानडा मानिन्छ। क्यानडाले ऊर्जा आपूर्ति रोके अमेरिकामा ठूलो प्रभाव पर्न सक्छ।
‘म भन्सार युद्ध सुरु गर्दिनँ। तर, हामीले यो युद्ध जित्दैछौँ,’ फोर्डले सोमबार भने, ‘यदि उनीहरू अन्टारियोलाई नासै गर्न खोज्छन् भने म सबथोक गर्छु– अनुहारमा मुस्कान छरेर ऊर्जाआपूर्ति रोक्छु। अरु सबै प्रान्तलाई पनि त्यसै गर्न म प्रोत्साहित गर्छु।’
‘उनीहरू हाम्रो उर्जामा निर्भर छन्। पीडा उनीहरूले पनि बेहोर्न आवश्यक छ,’ उनले थपे। एजेन्सी
Shares

प्रतिक्रिया