खेल


पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकको जिम्मा खड्गीलाई, ३० खेलाडीलाई बोलाइयो बन्द प्रशिक्षणमा

पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकको जिम्मा खड्गीलाई, ३० खेलाडीलाई बोलाइयो बन्द प्रशिक्षणमा

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १८:३८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सल्यान खड्गीलाई राष्ट्रिय पुरुष टोलीको सहायक प्रशिक्षक नियुक्त गरेको छ। उनलाई मंगलबार एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। 

खड्गीले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ को खेलमा मुख्य प्रशिक्षक म्याट रसलाई सहयोग गर्नेछन्।

यसैगरी एन्फाले विनोद महर्जनलाई गोलकिपर प्रशिक्षक, नुकल हमाल ठकुरी र रमेशकुमार कार्कीलाई व्यवस्थापक तथा निशान्त जोशीलाई फिजियोथेरापिस्टको जिम्मेवारी दिएको छ।  

प्रशिक्षक रसले यी खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन्।

यी हुन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी

गोलकिपरः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

रक्षकः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डरः लकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छुन्जु

फरवार्डः जिलेस्पेजंग कार्की, अन्जन विष्ट, समीर तामाङ, दिनेश हेन्जन, सुवास बम ठकुरी, निराजन धामी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad