ग्लोबल


रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि

रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि

फाइल तस्बिर: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
फागुन १८, २०८१ आइतबार ८:३०, काठमाडौँ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविराम सम्झौताको अस्थायी विस्तारलाई अनुमोदन गरेका छन्।

रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन्।

शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो।

यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले गरेका हुन्।

तर इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने बीबीसीले जनाएको छ। 

यसअघि इजरायल र हमासबीच पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म युद्धविरामको सहमति भएको थियो। 

यस अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ। 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा अचानक हमला गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो। 

त्यसको १५ महिनाभन्दा बढी लामो समयपछि जनवरी १९ देखि युद्धविराम गरिएको हो। 

त्यसबेला अन्य मानिससँगै हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई पनि गाजा लिएर गएको थियो। उनी जीवितै रहेको र रिहा हुने अपेक्षा गरिए पनि अहिलेसम्म अन्योल नै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad