हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
अहिले (आइतबार बिहान) देशका पहाडी भूभागको मौसम आंशिक मात्रै बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
‘आगामी २४ घण्टासम्म नेपालमा वर्षा र हिमापत गराउने कुनै पनि प्रणाली छैन,’ महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘तर पनि मौसम सम्बन्धी अध्यावधिक जानकारी लिएर मात्र योजना बनाउनुहोला।’
360
Shares

प्रतिक्रिया