ग्लोबल


सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवती बलात्कार गर्ने युवक

सीसीटीभीबाट पत्ता लाग्यो पुणेमा बसभित्र युवती बलात्कार गर्ने युवक

पक्राउ परेका दत्तात्रेय रामदास गडे र बलात्कारका लागि प्रयोग गरिएको बस।


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १२:४९, काठमाडौँ

भारतीय प्रान्त महाराष्ट्रको पुणेमा बसभित्र युवतीलाई बलात्कार गरिएको घटनाका मुख्य आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

गत मंगलबार पुणेस्थित बसपार्कमा बस कुरिरहेकी २६ वर्षीया युवतीलाई एक व्यक्तिले बसभित्र लगी बलात्कार गरेका थिए। 

सो घटना अनुसन्धानका क्रममा पुणे प्रहरीले बिहीबार राति दत्तात्रेय रामदास गडेलाई शिरुर तहसिलको एक गाउँबाट पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पीडित युवती मंगलबार पुणेबाट सतारा जिल्लाको फलटन जान बस खोज्दै थिइन्।

बिहान करिब ५:४५ बजे उनी स्वारगेट बसपार्कमा बसको प्रतीक्षामा थिइन्।

त्यही बेला गडेले उनलाई मीठा कुरा गर्दै युवतीलाई विश्वासमा पारे र ‘फलटन जाने बस यहाँ होइन, अर्कै ठाउँमा पाइन्छ’ भनेर डिपोभित्रको एउटा खाली बसमा लगी बलात्कार गरे।

त्यसपछि फरार उनलाई खोज्न पुणे प्रहरीले १३ टोली खटाएको थियो। 

राज्य महिला आयोगकी अध्यक्ष रुपाली चाकणकरका अनुसार अभियुक्तको पहिचान सीसीटीभी फुटेजबाट गरिएको हो। 

पुणेमा काम गर्ने पीडित युवतीले साथीको सल्लाहमा प्रहरीमा जाहेरी दिएकी थिइन्। 

आरोपित पक्राउ गर्दाको भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad