ग्लोबल


आम आदमी पार्टीका विधायकहरू दिल्ली विधानसभाबाट दिनभरका लागि निकालिए

आम आदमी पार्टीका विधायकहरू दिल्ली विधानसभाबाट दिनभरका लागि निकालिए

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १२:५८, काठमाडौँ

दिल्ली विधानसभाबाट आम आदमी पार्टीका विधायकहरूलाई दिनभरका लागि निष्कासन गरिएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार विपक्षी दलकी नेता तथा दिल्लीका पूर्वमुख्यमन्त्री आतिशीसहित आम आदमी पार्टीका विधायकलाई विधानसभाबाट बाहिर निकालिएको हो। 

दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले सम्बोधन गरिरहेका बेला आम आदमी पार्टीका विधायकहरूले नाराबाजी गरेका थिए।

त्यसपछि विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले उनीहरूलाई निष्कासन गरेका हुन्।

एलजी सक्सेनाले आफ्नो सम्बोधनमा सरकारको ध्यान भ्रष्टाचारमुक्त शासन, महिला सशक्तीकरण, स्वच्छ दिल्ली, यमुनाको पुनरुत्थान र स्वच्छ पिउने पानीमा केन्द्रित हुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad