हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ। इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेका छन्।
यसअघि बिहीबार हमासले इजरायललाई चार शव हस्तान्तरण गरेको थियो। तीमध्ये एउटा शव शिरी बिबासको रहेको दाबी हमासले गरेको थियो।
तर, फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बतायो।
यसपछि हमासले शुक्रबार साँझ शिरी बिबासको भनी अर्को शव इजरायललाई दिएको हो। हमासका एक वरिष्ठ अधिकारीले यो कुरा पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ।
७ अक्टोबर २०२३ मा, हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोरा- ५ वर्षीय एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो।
दुई छोराको शव भने हमासले बिहीबारै बुझाइसकेको छ।
162
Shares

प्रतिक्रिया