कोशी


पाथीभरामा वर्षकै बाक्लो हिमपात (तस्बिर)

पाथीभरामा वर्षकै बाक्लो हिमपात (तस्बिर)

पाथीभरामा भएको हिमपात


नेपालखबर
फागुन १०, २०८१ शनिबार ९:४८, फुङ्लिङ(ताप्लेजुङ)

फुङ्लिङ्, १० फागुन स् ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ।

गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो।

पाथीभरामा भएको हिमपात। तस्बिर : रासस

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा स्तानीय राजेन्द्र महतका अनुसार गत पुसमा पहिलोपटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो।

त्यस्तै फागुन महिनामा दोस्रोपटक सामान्य हिमपात भएको थियो।

गएराति भने निकै बाग्लो हिमपात भएको छ। महतले भने, ‘यसभन्दा अगाडि भएको हिमपात माथिल्लो फेदीसम्म पुगेको थियो। तर अहिले हिमपात काफ्ले पाटीसम्म पुगेको छ। यस वर्षकै बाक्लो हिमपात भएको छ।’

पाथीभरामा भएको हिमपात

पाथीभरा क्षेत्रमा बाग्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जानुहुने तिर्थयात्रीलाई भने प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।

उनका अनुसार पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइबरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन्। 

विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउँले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो।

तर बिस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ।

पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तिर्थयात्री पाथीभरा धाममा पूजापाठ गरेको समितिले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad