ग्लोबल


दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज, अन्य ६ मन्त्रीमा को-को?

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज, अन्य ६ मन्त्रीमा को-को?

रेखा गुप्ता


नेपालखबर
फागुन ८, २०८१ बिहिबार ११:२३, काठमाडौँ

दिल्ली विधानसभाअन्तर्गत शालिमार बाग सिटबाट विजयी भाजपा विधायक रेखा गुप्ताले आज बिहीबार दिल्लीको मुख्यमन्त्रीका रूपमा शपथ खाँदै छिन्। 

समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार रेखा गुप्तासँगै अन्य ६ जना विधायकले पनि आज दिल्ली सरकारमा मन्त्रीका रूपमा शपथ खाने छन्। 

दिल्ली सरकारमा मन्त्रीका रूपमा प्रवेश वर्मा, आशिष सुद, मनजिंदर सिंह सिरसा, रवीन्द्र इन्द्रराज सिंह, कपिल मिश्रा र पंकज कुमार सिंहले शपथ खाने भएका हुन्। 

प्रवेश वर्माले नयाँ दिल्ली सिटबाट आम आदमी पार्टीका राष्ट्रिय संयोजक तथा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए।

यसपछि उनलाई दिल्लीको नयाँ मुख्यमन्त्रीको दाबेदार पनि मानिएको थियो, तर त्यसो भएन।

बुधबार साँझ बसेको भाजपा विधायक दलको बैठकले रेखा गुप्तालाई नेताका रूपमा अघि सार्दै मुख्यमन्त्रीमा चयन गरेको हो।

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो। 

दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो। 

कंग्रेसले भने यसपटक एउटा पनि सिट जित्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad