नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ‘ठगी’को संज्ञा दिएपछि धेरै प्रश्न उठेको बताएका छन्।
उनले त्यस आधारमा ‘राष्ट्रिय ठगहरू’लाई छाड्न नहुने टिप्पणी गरेका छन्।
सांसद भण्डारीले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अमेरिकाका राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले धेरै प्रश्न उठेका छन्। देश, समाज र संस्कृतिलाई कमजोर बनाउन लाग्ने राष्ट्रिय ठगहरूलाई छुट दिनु हुँदैन। के भएको थियो? के हुँदै छ? सरकारले छानबिन गर्नु पर्दछ। देशभन्दा ठूलो कोही होइन र हुन पनि सक्दैन।’
राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले नेपाललाई दिने ३९ मिलियन डलर सहायता रद्द गर्दै बुधबार त्यसलाई ठगीको संज्ञा दिएका थिए।
4.0k
Shares

प्रतिक्रिया