ग्लोबल


ट्रम्पलाई हमासको जवाफ: धम्कीको कुनै अर्थ छैन

ट्रम्पलाई हमासको जवाफ: धम्कीको कुनै अर्थ छैन

हमासका प्रवक्ता सामी अबु जुहरी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
माघ ३०, २०८१ बुधबार ७:३८, काठमाडौँ

हमासका प्रवक्ताले इजरायली बन्धकहरूको फिर्ती चाहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुवै पक्षले सम्झौताको सम्मान गर्नुपर्छ भन्ने कुरा बिर्सन नहुने’ टिप्पणी गरेका छन्।

हमासका प्रवक्ता सामी अबु जुहरीले समाचार एजेन्सी रोयटर्ससँग धम्कीपूर्ण भाषाको कुनै अर्थ नभएको र यसले मुद्दालाई जटिल बनाउने बताएका छन्। 

अमेरिकाका राष्ट्रपति ट्रम्पले हमासले बन्धक बनाइएका सबैलाई शनिबारसम्म छाडेन भने इजरायलले युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका थिए। 

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम भएको छ। 

हमासले सोमबार विज्ञप्ति जारी गरी इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेको कारण अब बन्धक रिहा रोकिने चेतावनी दिएको थियो।

हमासले युद्धविराम भएयता हालसम्म पाँच खेप गरेर २१ इजरायली बन्धकलाई मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

सम्झौताअनुसार हमासले अब आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने हो तर इजरायलले सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक छाड्न अस्वीकार गरेपछि यो विषय अन्योलमा परेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad