ग्लोबल


स्थितिमा सुधार भए शनिबार बन्धक छाड्न तयार छौँ: हमास

स्थितिमा सुधार भए शनिबार बन्धक छाड्न तयार छौँ: हमास

हमासका वरिष्ठ नेता डा. बसिम नइम


नेपालखबर
माघ ३०, २०८१ बुधबार ८:१४, काठमाडौँ

हमासले स्थितिमा सुधार भए आगामी शनिबार बन्धक रिहा गर्न आफू तयार रहेको बताएको छ। 

यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै अब बन्धक रिहा रोक्ने चेतावनी दिएको थियो। 

हमासका वरिष्ठ नेता डा. बसिम नइमले बीबीसीलाई बताएअनुसार हमास सम्झौताप्रति प्रतिबद्ध छ र स्थितिमा सुधार आयो भने अर्को शनिबार बन्धकहरू हस्तान्तरण गर्न तयार छ।

योसँगै नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा पलाएको छ। 

तर सम्झौताको निरन्तर उल्लंघनले बन्धक रिहा गर्नु कुरालाई कमजोर बनाउने हमासका वरिष्ठ नेता डा. बसिम नइमले बताएका छन्। 

हमासले सोमबार विज्ञप्ति जारी गर्दै इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरिरहेका कारण अबदेखि बन्धक नछाडिने बताएको थियो।

उता इजरायलको मुख्य सहयोगी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सबै बन्धक रिहा नगरे हमासले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी दिएको थिए। 

जवाफमा हमासका प्रवक्ताले भने धम्कीको कुनै अर्थ नहुने टिप्पणी गरेका छन्।  

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ। 

हमासले युद्धविराम भएयता हालसम्म पाँच खेप गरेर २१ इजरायली बन्धकलाई मुक्त गरेको छ भने बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

सम्झौताअनुसार हमासले अब आगामी शनिबार बन्धक रिहा गर्नुपर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad