ग्लोबल


लेबनानमा नयाँ सरकार गठन

लेबनानमा नयाँ सरकार गठन

नेपालखबर
माघ २७, २०८१ आइतबार ११:५६, बेरुत, लेबनान

लेबनानले राष्ट्रपति निर्वाचन अवरुद्ध भएपछि कामचलाउ सरकारले सङ्कटग्रस्त देशको नेतृत्व गरेको दुई वर्षभन्दा बढी समयपछि नयाँ सरकार गठन भएको छ।

राष्ट्रपति जोसेफ औनले ‘२४ जना मन्त्रीको सरकार गठन गर्ने’ आदेशमा हस्ताक्षर शनिबार गरेका छन्। 

“राष्ट्रपतिले औनले ‘कामचलाउ प्रधानमन्त्री नजिब मिकातीको सरकारको राजीनामा स्वीकृत गर्नुभएको छ’ र ‘प्रधानमन्त्री नवाफ सलामलाई सरकार गठनका लागि औपचारिक रूपमा जिम्मेवारी तोक्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ।

दुई वर्षभन्दा लामो राजनीतिक गतिरोधपछि इजरायलसँगको युद्धमा सशस्त्र समूह हिजबुल्लाह कमजोर भएपछि पूर्व सेना प्रमुख औन राष्ट्रपति निर्वाचित भएको छ भने सलाम प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। 

नयाँ सरकारले वर्षौंको आर्थिक सङ्कटपछि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट अर्बौं डलर प्राप्त गर्न आवश्यक सुधारहरू कार्यान्वयन गर्ने, इजरायल-हिजबुल्लाहको कमजोर युद्धविरामको निरीक्षण गर्ने र युद्धग्रस्त देशको पुनर्निर्माण गर्ने चुनौतीपूर्ण कार्यको सामना गरिरहेको छ।

उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग भएका सम्झौताको पुनरवलोकन गर्नुपर्ने छ र अर्को वर्ष हुने संसदीय निर्वाचनको तयारी पनि गर्नुपर्नेछ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad