ग्लोबल


मालीमा जिहादी आक्रमण : ३२ जनाको मृत्यु

मालीमा जिहादी आक्रमण : ३२ जनाको मृत्यु

तस्बिर : फ्रान्स-२४


नेपालखबर
माघ २६, २०८१ शनिबार २१:२१, काठमाडौँ

मालीका सैनिक र रुसको वाग्नर भाडाका सैनिकको सुरक्षामा रहेको एक समूहमाथि भएको संदिग्ध जिहादी आक्रमणमा परी मालीको उत्तरी क्षेत्रमा ३२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।  उत्तरी शहर गाओ र एन्सोन्गोबीच शुक्रबार उक्त आक्रमण भएको प्रहरीले जनाएको छ।

सुरुमा १० जनाको मृत्यु भएको भनिए पनि केही समयपछि मृतक सङ्ख्या ३२ पुगेको जानकारी मालीका सुरक्षा अधिकारीले दिएका छन्। 

गाओस्थित एक अस्पताल स्रोतले भन्यो, 'घटनास्थलबाट हामीकहाँ ३० भन्दा बढी मृत शरिर आएका छन्।' 

नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, 'जिहादीहरूले मालीका सैनिक र वाग्नर भाडाका सैनिकहरूको सुरक्षामा रहेको नागरिक काफिलामाथि आक्रमण गरेका थिए।'

उनले भने, 'मृत्यु हुनेहरूमा सर्वसाधारण र सैनिकहरू पनि छन्।' एक मेडिकल स्रोतका अनुसार मृतक र घाइतेमध्ये धेरैलाई उत्तरी मालीको मुख्य शहर गाओमा सारिएको छ।

आक्रमणबाट भाग्न सफल ट्रान्सपोर्ट ट्रेड युनियनका ‘ट्रान्सपोर्टर’का अनुसार जिहादीहरूले सुरक्षाकर्मीको सुरक्षामा सडकमा गुडिरहेका यात्रुबाहक र मालबाहक गाडीमा आक्रमण गरे र सबैमाथि अन्धाधुन्ध गोली चलाएका थिए।
 
अर्का एक स्थानीय अधिकारीले एएफपीलाई भने, ' करिब १० वटा गाडीमा सवार थिए र २२ वटा मिनीबस, छ वटा ठूला बस र आठवटा लरीको समूहलाई सुरक्षा दिइरहेका मालीका सैनिक र वाग्नर (भाडाका सैनिक) करिब १० वटा गाडीमा सवार थिए।'

‘इस्लामिक स्टेट (आइएस) समूहले कम्तीमा पाँचवटा लरी ध्वस्त पारेका उनले बताए।  उक्त आक्रमणको जिम्मेवारी आइएसले लिएको छैन।

 मालीको सेनाले उक्त आक्रमणबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन। 'हामी अनसोन्गो र गाओबीचको स्थितिलाई नियन्त्रण गरेका छौँं,' एक सैन्य स्रोतले घटनाबारे विस्तृत विवरण उल्लेख नगरिकन भनेको छ।

 अनसोन्गो र गाओबीचको मार्गमा हालैका महिनाहरूमा जिहादी वा डाकुहरूलाई दोषी ठहर्याइएका थुप्रै आक्रमणहरू भएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad