ग्लोबल


बिल गेट्स भन्छन्: सबैभन्दा ठूलो पछुतो मेलिन्डासँग सम्बन्धविच्छेद गरेकोमा छ

बिल गेट्स भन्छन्: सबैभन्दा ठूलो पछुतो मेलिन्डासँग सम्बन्धविच्छेद गरेकोमा छ

नेपालखबर
माघ १८, २०८१ शुक्रबार २०:११,

माइक्रोसफ्टका सहसंस्थापक अर्बपति बिल गेट्सले आफ्नो जीवनको सबैभन्दा ठूलो पछुतो पत्नी मेलिन्डासँगको सम्बन्धविच्छेद भएको बताएका छन्। 

बिल र मेलिन्डाले २०२१ मा २७ वर्ष लामो दाम्पत्य अन्त्य गरेका थिए।

यसलाई आफ्नो सबैभन्दा ठूलो पछुतो बताइरहँदा गेट्सले १९८७ मा मेलिन्डासँग भेट हुँदा आफू यति धेरै सफल नभइसकेको स्मरण गरेका छन्।

‘आफ्ने सम्पूर्ण वयस्क जीवन एक व्यक्तिसँग बिताउनुमा निश्चय नै अद्भूत अनुभूति हुन्छ। आपसमा जोडिएका याद र मिलेर गरेका काम अनि साथ बच्चा जन्माएका कारण,’ गेट्सले टाइम्स अफ लन्डनसँग हालै भनेका छन्, ‘मेलिन्ड र मेरो भेट हुँदा म राम्र्रै सफल भइसकेको थिएँ। तर, अत्यन्त सफल होइन। त्यो त हामी साथ हुँदा भयो। उनले मलाई धेरैथोक सहन सघाइन्।’

उसो त सम्बन्धविच्छेदको माग बिलले होइन, उनकी पत्नी मेलिन्डाले गरेकी थिइन्। खबरहरूमा जनाइएअनुसार बिलमाथि उनकै एक म्यानेजरले लगाएको यौन हिंसाको आरोप लगाएकी थिइन्। त्यसलाई सल्ट्याउने बिलको तरिकासँग मेलिन्डा खुसी थिइनन्। त्यस्तै, बद्नाम भएका यौन उत्पीडनकारी जेफ्री एप्स्टिनसँग बिलको सम्बन्धलाई लिएर पनि मेलिन्डा क्रुद्ध थिइन्।

बिल गेट्स र मेलिन्डा फ्रेन्चबीच भेट हुँदा मेलिन्डा माइक्रोसफ्टमा भर्खरै भर्ती भएकी थिइन्। बिल भने त्यतिबेला सबैभन्दा कान्छो अर्बपति बन्ने सँघारमा थिए। 

माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ल्याउँदादेखि बेलायती रानीले बिललाई नाइट घोषित गर्दा र टाइम म्यागजिनले परोपकारका लागि दम्पतीलाई नै ‘पर्सन अफ द इयर’ बनाउँदासम्म उनीहरू साथै थिए। 

विवाह टुट्दा उनीहरूले आफ्ना तीन सन्तानलाई कलेज पठाइसकेका थिए। गत वर्ष मेलिन्डाले उनीहरूको फाउन्डेसन पनि छाडिन्।

‘सम्बन्धविच्छेद हुँदा निकै गाह्रो भयो। त्यसपछि उनले फाउन्डेसन छाड्ने निर्णय गरिन्। यसबाट म निराश छु,’ बिलले भनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad