स्विडेनमा दुई वर्षअघि कुरान जलाएका एक व्यक्तिलाई बुधबार साँझ गोली हानी मारिएको छ।
३८ वर्षीय सलवान मोमिकालाई बुधबार साँझ स्टकहोम नजिकैको एउटा सहरको अपार्टमेन्टमा गोली हानी मारिएको हो।
मोमिकाले २०२३ मा स्टकहोम केन्द्रीय मस्जिद बाहिर कुरान जलाएका थिए। त्यसपछि धेरै ठाउँमा विरोध प्रदर्शन भएका थिए।
कुरान जलाएको मुद्दामा स्टकहोमको अदालतले फैसला सुनाउन लाग्दा मोमिकाको हत्या गरिएको हो।
स्थानीय मिडियाका अनुसार मोमिकालाई टिकटकमा लाइभ स्ट्रिमिङ गरिरहेका बेला गोली हानिएको थियो।
घटनामा संलग्न आरोपमा स्टकहोम प्रहरीले पाँच जनालाई पक्राउ गरिएको बताएको छ।
सलवान मोमिका एक इराकी क्रिस्चियन शरणार्थी थिए।
उनी अप्रिल २०१८ मा स्विडेन पुगेका थिए र अप्रिल २०२१ मा उनलाई शरणार्थीको हैसियत प्रदान गरिएको थियो।
उनी आफ्नो फेसबुकमा आफूलाई नास्तिक र लेखकका चिनाउँथे।
मोमिकाले गत महिना जुन २८, २०२३ मा स्टकहोमको सबैभन्दा ठूलो मस्जिदअगाडि कुरान जलाएका थिए।
इद-उल-अजहाको दिन कुरान जलाइएको थियो।
मुस्लिमहरू कुरानलाई अल्लाहको वचन ठान्छन् भने यसविरुद्ध छेडछाड वा अनादर गर्नुलाई गम्भीर अपराध मान्छन्।
स्विडेनी प्रहरीले कुरानको विरोधमा प्रतिबन्ध लगाएको थियो तर अभिव्यक्ति स्वतन्त्रता भन्दै स्विडेनी अदालतले प्रतिबन्ध हटाएको थियो।
Shares

प्रतिक्रिया