ग्लोबल


हमासले रिहा गर्‍यो ४ इजरायली महिला सैनिक

हमासले रिहा गर्‍यो ४ इजरायली महिला सैनिक

हमासले शनिबार चार इजरायली महिला सैनिकलाई रिहा गरेको छ।


नेपालखबर
माघ १२, २०८१ शनिबार १८:५०, काठमाडौँ

गाजा युद्धविरामअन्तर्गत दोस्रो आदानप्रदानमा हमासले शनिबार चार इजरायली बन्धक रिहा गरेको छ। जसमा चारै जना इजरायली महिला सैनिक छन्। 

हमासले करिना आर्येभ, ड्यानिएला गिल्बेउ, लेवी र लिरी अल्बागलाई बन्धकबाट मुक्त गरी गाजा सहरमा रेडक्रसलाई हस्तान्तरण गरेको हो। 

बदलामा इजरायली सेनाले इजरायलमा रहेका २०० प्यालेस्टिनी कैदी रिहा गर्नेछ। 

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा यी चार महिला सैनिकलाई गाजा सीमानजिकै रहेको नाहल ओज आर्मी बेसमा पर्यवेक्षकका रूपमा तैनाथ गरिएको थियो।

गाजा र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको हो। त्यसयता हमासले शनिबार दोस्रोपटक बन्धक रिहा गरेको हो।

यसअघि पहिलोपटक हमासले ३ महिला बन्धक छाड्यो भने सट्टामा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गरेको थियो। 

युद्धविराम सम्झौताअनुसार हमास र इजरायलले एकअर्काका नागरिकलाई आफ्नो नियन्त्रणबाट क्रमश: मुक्त गरिरहेका हुन्। 

युद्धविरामको पहिलो चरणअन्तर्गत ६ हप्ताको अवधिमा हमासले कूल ३३ जना बन्धक रिहा गर्ने सम्झौता भएको छ। 

यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ। 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो। 

हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो।

त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad