ग्लोबल


पहिलो दिन ट्रम्पले उल्ट्याइदिए बाइडेनका ७८ आदेश

पहिलो दिन ट्रम्पले उल्ट्याइदिए बाइडेनका ७८ आदेश

नेपालखबर
माघ ८, २०८१ मंगलबार १५:७,

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा पहिलो दिन नै पूर्ववर्ती जो बाइडेनले गरेका ७८ वटा आदेश उल्ट्याइदिएका छन्। 

जसमा क्युबालाई आतंकवादको प्रायोजक राज्यको सूचीबाट हटाउने बाइडेनको निर्णय पनि छ। 

त्यस्तै वेस्ट ब्यांकमा हिंसा मच्चाएर जमिन कब्जा गर्ने केही इजरायलीलाई लगाइएको प्रतिबन्ध पनि ट्रम्पले उल्ट्याए।

त्यसका अलावा ट्रम्पले ह्वाइट हाउसको आफ्नो पहिलो दिन अनेकौँ आदेशहरु गरेका छन्, जसले उनको एजेन्डा लागू गर्न सहयोग पुर्‍याउँछन्।

ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा दंगा मच्चाउने करिब १५ सयलाई माफी दिए। 

त्यस्तै, टिककमाथिको प्रतिबन्धमा ७५ दिनले ढिलाइ गरे भने आप्रवासनमा कडाइ गरे। उनले दक्षिणी सीमामा संकटकाल नै घोषणा गरेका छन्। त्यस्तै, जन्मका आधारमा नागरिकता दिने व्यवस्था अन्त्य गरे।

ट्रम्पले विश्व स्वास्थ्य संगठन, जलवायुसम्बन्धी पेरिस सम्झौतालगायतबाट पनि अमेरिका निस्किने घोषणा गरे।

उनले अमेरिकाको सबैभन्दा अग्लो पर्वत देनालीको नाफ फेरेर माउन्ट म्याक्किन्ली राखे भने गल्फ अफ मेक्सिकोको नाम फेरेर गल्फ अफ अमेरिका राखेका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad