ग्लोबल


अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

आगो नियन्त्रण गर्ने प्रयास गरिँदै


नेपालखबर
पुस २९, २०८१ सोमबार ११:३२, काठमाडौँ

अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ।

क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ। 

लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीहरूले मृतकको संख्या २४ पुगेको बताएका छन्। 

आगलागीका कारण सबैभन्दा बढी विनाश पालिसेड्समा भएको छ जहाँ २३ हजार एकडभन्दा बढी क्षेत्रफल जलेको छ।

आइतबार एक निजी मौसम अनुगमन कम्पनीले आगलागीबाट हुने आर्थिक क्षतिको प्रारम्भिक अनुमान २५० अर्ब देखि २७० अर्ब डलरसम्म गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad