हङकङको लान्ताउ टापुमा हिजोदेखि लागेको डढेलो अझै आएन नियन्त्रणमा

हङकङको लान्ताउ टापुमा हिजोदेखि लागेको डढेलो अझै आएन नियन्त्रणमा

आगो सोमबार बिहानसम्म नियन्त्रणमा आएको छैन (फेसबुक)


नेपालखबर
पुस २९, २०८१ सोमबार ११:४६, हङकङ

हङकङको लान्ताउ टापुस्थित ताइओमा अवस्थित पहाडमा आइतबार दिउँसोदेखि लागेको डढेलो सोमबार मध्यान्हसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।

आइतबार दिउँसो ४:५१ बजे आगलागीबारे प्रहरीलाई रिपोर्ट गरिएको थियो।

आगो निभाउन सरकारी उडान सेवालाई समेत खटाइएको छ। जसले फायर बिटर र न्यापस्याक पम्पहरू पनि प्रयोग गरिरहेको छ।

यसअघि पनि, शनिबार युनलङको काइकङ लेङ पर्वत शृङ्खलामा आगलागी भएको थियो। शनिबार ५:३० बजे सल्केको आगो आइतबार बिहान १०:४० बजे मात्र नियन्त्रणमा आएको थियो।

त्यतिबेला आगोमा दुई जना पदयात्री समेत फसेका थिए। उनीहरूलाई सकुशल उद्धार गरिएको थियो।

पछिल्लो आगलागीमा पनि हालसम्म कुनै मानवीय क्षतिको रिपोर्ट गरिएको छैन। हङकङ अब्जर्भेटरीले सुक्खा मौसमका कारण आगलागीको जोखिम बढ्दै गएको भन्दै जनतालाई सचेत रहन आग्रह गरेको छ। (एजेन्सी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .