लस एन्जेलसको डढेलोले कयौँ सेलेब्रिटीको घर जलाएको छ। प्यारिस हिल्टन, बिली क्रिस्टल, एडम ब्रोडी लगायतले घर गुमाएका छन्।
सहर र त्यसवरिपरिका ६ स्थानबाट डढेलो फैलिँदा १ हजारभन्दा बढी संरचना जलेका छन्।
घर जलेपछि सेलेब्रिटीहरु विह्वल भएका छन्। क्यासिनो, निक्सनजस्ता फिल्ममा खेलेका अभिनेता जेम्स वुड्स आफ्नो घर जलेपछि सीएनएनसँगको कुराकानीमा रोएका छन्।
‘एकदिन तपाईं स्विमिङ पुलमा पौडिनुहुन्छ। अर्को दिन सबै स्वाहा हुन्छ,’ उनले भने।
अभिनेता बिली क्रिस्टलले १९७९ देखि बस्दै आएको आफ्नो घर जलेपछि मुटु टुटेको बताएका छन्।
ह्यारी मेट स्याली फिल्मका यी स्टारले भनेका छन्, ‘हामीले आफ्ना छोराछोरी र नातिनातिना यहीँ हुर्काएका थियौँ।’
हिल्टन परिवारकी उत्तराधिकारी प्यारिस हिल्टनले पनि मालिबुमा रहेको आफ्नो घर जलेको बताएकी छन्।
त्यस्तै, कलाकारहरू सर एन्टोनी हप्किन्स, जोन गुडम्यान, अन्ना फारिस, क्यारी एलवेस र माइल्स टेलरका घर पनि नष्ट भएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया