राजनीति


रुपन्देही, पर्सा, चितवन र काठमाडौँबाट पनि यस्तै आदेश आउने माओवादी नेताको आशा

रुपन्देही, पर्सा, चितवन र काठमाडौँबाट पनि यस्तै आदेश आउने माओवादी नेताको आशा

फाइल तस्बिर: रवि लामिछाने र मनहरि तिमिल्सिना


नेपालखबर
पुस २५, २०८१ बिहिबार २०:५५, काठमाडौँ

सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले रुपन्देही, पर्सा, चितवन र काठमाडौँमा पनि यस्तै आदेश आउने आशा व्यक्त गरेका छन्। 

उक्त मुद्दामा कास्की जिल्ला अदालतले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। 

यसलगत्तै माओवादी नेता तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेप्रति सरकारले दुःख दिने नियत राखेको प्रस्ट भएको टिप्पणी गरेका हुन्। 

योसँगै उनले अब रुपन्देही, पर्सा, चितवन र काठमाडौँका आरोपमा पनि यस्तै आदेश आउने अपेक्षा पनि व्यक्त गरेका छन्। 

‘हामीले प्रस्ट भनेका थियौँ– रवि दोषी छन् वा निर्दोष? त्यसको फैसला अदालतले गर्नेछ। तर, रविलाई जसरी दुःख दिने नियत राखियो र दिइयो, त्यो बदनियतपूर्ण छ। थुनछेक बहसपछि कास्की जिल्ला अदालतको आदेश आएको छ’, उनले लेखेका छन्, ‘आशा राखौँ- रुपन्देही, पर्सा, चितवन र काठमाडौँबाट पनि यही प्रकृतिको आदेश आउनेछ। उनले हिरासत बाहिरै बसेर मुद्दाको अन्तिम किनारा लगाउन पाउनेछन्।’

यो खबर बनाउँदासम्म पूर्वगृहमन्त्री रवि ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा पनि भइसकेका छन्। 

लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम, पर्साको सानो पाइला, चितवनको सहारा चितवन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप पनि लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad