थाइल्यान्डको प्रहरीले एक माहुतेमाथि ज्यानमुद्दा लगाएको छ। ती माहुत्तेको हेरचाहमा रहेको हात्तीले स्पेनी पर्यटकको ज्यान लिएको थियो।
३८ वर्षीय थिरायुत इन्थाफुड्कीलाई हेलचेक्र्याइँका लागि जिम्मेवार ठहर्याउँदै मुद्दा लगाइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
गत साता २२ वर्षीया पर्यटक ब्लांका गार्सिया हात्तीलाई नुहाउँदै थिइन्। त्यहीबेला हात्तीले उनलाई धक्का दिएको थियो। जसका कारण उनको टाउकोमा चोट लागेको थियो। पछि अस्पतालमा उनको मृत्यु भयो।
यो घटनाले थाइल्यान्डको बढ्दो हात्ती पर्यटनप्रति चिन्ता बढाएको छ।
हात्तीलाई नुहाउँदा र धेरै पर्यटकहरूसँग घुलमिल गराउँदा हात्तीमा तनाव बढ्ने विज्ञहरू बताउँछन्।
गार्सियालाई ४५ वर्षको पोथी हात्तीले धक्का दिएको थियो।
थाइल्यान्डका पर्यटकीय केन्द्रहरूमा करिब ३ हजार हात्ती राखिएको छ। जनावरको अधिकारको वकालत गर्ने समूहहरूले यसको विरोध गर्दै आएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया