महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलविरुद्धको पक्राउ पुर्जीको म्याद अदालतले थपेको छ।
भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)ले उनीविरुद्धको पक्राउ पुर्जीको म्याद लम्ब्याउन आग्रह गरेको थियो।
सो कार्यालयले युनलाई पक्राउ गर्न खोज्दा शुक्रबार राष्ट्रपतिका सुरक्षाकर्मीले अवरोध गरेका थिए।
सीआईओले सुरुमा डिसेम्बर ३० का दिन पक्राउ पुर्जी मागेको थियो। भोलिपल्ट दक्षिण कोरियाको इतिहासमै पहिलोपल्ट अदालतले बहाल राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
तर, त्यसको म्याद सकिँदा पनि सीआईओले उनलाई पक्रिन सकेन।
कोरियाको अनौठो स्थिति : जब सेना र प्रहरी भए आमनेसामने
यसका लागि सीआईओका प्रमुख ओ दोङ वुनले माफी मागेका छन्। सीआईओले राष्ट्रपतिलाई पक्रिन पूर्णरुपमा तयारी नगरेको भन्दै आलोचना भइरहेको छ।
दोस्रोपटक गिरफ्तारीका लागि राम्रो तयारी गर्ने पनि उनले बताए। एजेन्सी
Shares

प्रतिक्रिया