आज (बुधबार) पनि गौतम अदानीको विषयमा भारतका दुवै सदन (लोकसभा र राज्यसभा) का बैठक दिनभरका लागि स्थगन भएका छन्।
बुधबार प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेसले दुवै सदनमा अदानीको मुद्दामा बहसको प्रस्ताव राखेको थियो।
अदानीविरुद्ध अमेरिकामा ठगीको गम्भीर आरोप लागेको र सरकारले यसबारे बहस गर्नुपर्ने कंग्रेसको भनाइ छ।
विपक्षी दलका नेता राहुल गान्धीले संसद्बाहिर पत्रकारसँग भने, 'एकतिर सानातिना आरोपमा सयौँलाई गिरफ्तार गरिँदै छ, अर्कातिर सरकारले अदानीलाई बचाउने काम गरिरहेको छ।
गत हप्ता मात्र अदानीविरुद्ध आफ्नो एउटा कम्पनीलाई ठेक्का दिलाउन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको थियो।
यसपछि कंग्रेसले गौतम अदानीलाई पक्राउ गर्न माग गरिरहेको छ र प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बचाइरहेको आरोप लगाएको छ।
यसअघि मंगलबार पनि अदानीकै विषयले भारतका दुवै सदनका बैठक स्थगन भएका थिए।
Shares

प्रतिक्रिया