समस्याग्रस्त घोषणा गरिएको नेपाल सेयर मार्केटस एन्ड फाइनान्सका लागि नेपाल राष्ट्र बैंकले सदस्य माग गरेको छ।
समस्याग्रस्त घोषणा गरेर राष्ट्र बैंकले व्यवस्थापन आफैँले लिइसकेपछि सञ्चालनका लागि एक सदस्य नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बैंकले सदस्यको आवेदन खुला गर्दै व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा शास्त्र लगायतका विषयमा स्नातक गरेका र १० वर्षको अनुभव भएको व्यक्तिबाट सदस्यमा आवेदन माग गरेको छ।
एक वर्ष कार्यकालका लागि उक्त सदस्यले मासिक १ लाख ३ हजार ६ सय रुपैयाँ पाउनेछ।
24
Shares

प्रतिक्रिया